spot_img

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्विरोध

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध चयन गरेको छ । आइतवार वीरगंजको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले आठ सदस्यीय जिल्ला समिति पनि निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिए ।
भेलाले उपसभापतिमा तुलसा पौडेल सचिवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरूमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेललाई निर्बिरोध चुनेको हो । यसअघि रास्वपा मधेस प्रदेशले पन्तलाई पर्साको जिल्ला संयोजक चुनेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर