spot_img

९७ किलो गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
बिहीवार २ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २२ तीन नम्बर पुलनजीकै टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको ९७ गाँजासहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा भेटेपछि अनुसन्धान गर्दै जाँदा गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कारका चालक चितवन, राप्ती न.पा. वडा नं. २ गडौली टोल बस्ने वर्ष ३५ का बिष्णु लामा र भरतपुर म.न.पा. वडा नं. २४ सिद्धार्थ टोल बस्ने वर्ष ४६ को टेक बहादुर गुरूङलाई पक्राउ गरेको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरी बलराम श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई...

सम्बन्धित खबर