spot_img

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकि नव निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । महासंघको ११औं महासम्मलेनबाट निर्विरोध निर्वाचित अध्यक्ष भण्डारीले बुधवार बिहान पदभार ग्रहण गरेकी हुन् । बैदिक ब्राह्मण गुरूहरूद्वारा मन्त्रोचारण सहित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु भएको सो अवसरमा अध्यक्ष भण्डारीले महासंघको ११ ओैं महासम्मेलन सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा जानकी मन्दिर जनकपुरधाममा महन्त श्री रामतपेश्वर दासलाई धन्यवाद पत्र लेखी पठाउने साथै उक्त महासम्मेलन एवम् महासभा सम्पन्न भएको सम्बन्धी जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई लेखि पठाउने निर्णय गरिन् । उनको पदभार ग्रहणका बेला निवर्तमान कार्य समिति तथा शुभेच्छुकहरूले कार्यालयमा पुगि बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । अध्यक्ष भण्डारीले पदभार ग्रहण पछि महासंघको कार्यालयमा रहेको योगी नरहरी नाथ र राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गर्नु भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर