spot_img

प्रत्येक चुनौतीको सामना गर्ने– प्रहरी उपरीक्षक मिश्र

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ माघ । जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भइ आएका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रत्येक चुनौतीको सामना गर्दै शान्ति सुरक्षा स्थापना गर्ने बताएका छन् । बिहीवार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक मिश्रले इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन । उनले भने राम्रो कार्य गर्नेलाई पुरस्कृत र बदमासी कार्य गर्नेलाई दण्ड दिने बताए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरीसंगको सहकार्यमा गाउँँपालिकासम्म पुर्याउने बताए । एसपी मिश्रले अठार वर्ष अगाडि इन्स्पेक्टर बनेर वीरगंजमा गरेको काम सम्झिँदै भने– मेरो कार्यकाल रहन्नजेल ग्रामीण भेगका जनताहरूमा बाल बिवाह, बहुबिवाह, लैङ्गिक हिंसाका घटना नहुने बताए । उनले महिला हिंसाका चपेटामा परेकाहरू, घरेलु हिंसाका केसहरू, घरेलु मदिरा उत्पादन, गाँजा उत्पादन बिक्री बितरण आदिलाई नियन्त्रण गर्ने बताए । औद्योगिक नगरीमा आर्थिक क्राइम र सामाजिक क्राइम धेरै हुने गरेकोले यी सबैलाई चिर्दै अगाडि बढने प्रतिबद्धता गरे ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर