वीरगंज, १७ माघ । जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भइ आएका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रत्येक चुनौतीको सामना गर्दै शान्ति सुरक्षा स्थापना गर्ने बताएका छन् । बिहीवार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक मिश्रले इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन । उनले भने राम्रो कार्य गर्नेलाई पुरस्कृत र बदमासी कार्य गर्नेलाई दण्ड दिने बताए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरीसंगको सहकार्यमा गाउँँपालिकासम्म पुर्याउने बताए । एसपी मिश्रले अठार वर्ष अगाडि इन्स्पेक्टर बनेर वीरगंजमा गरेको काम सम्झिँदै भने– मेरो कार्यकाल रहन्नजेल ग्रामीण भेगका जनताहरूमा बाल बिवाह, बहुबिवाह, लैङ्गिक हिंसाका घटना नहुने बताए । उनले महिला हिंसाका चपेटामा परेकाहरू, घरेलु हिंसाका केसहरू, घरेलु मदिरा उत्पादन, गाँजा उत्पादन बिक्री बितरण आदिलाई नियन्त्रण गर्ने बताए । औद्योगिक नगरीमा आर्थिक क्राइम र सामाजिक क्राइम धेरै हुने गरेकोले यी सबैलाई चिर्दै अगाडि बढने प्रतिबद्धता गरे ।
प्रतिक्रिया लेख्नुहोस्