spot_img

कुटपिट गरी हत्या गरेको आरोपमा सुधारकेन्द्रका सातजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ फागुन । नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा उपचारार्थ भर्ना भएका एकजना बिरामीको कुटपीट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमनपा–३ बस्ने वर्ष १९ को सरफराज मन्सुर, वर्ष २९ को तमन्ना अली, वडा नं. ४ बस्ने वर्ष २२ को निरज सरार्फ, वडा नं. ६ बस्ने वर्ष २० को राहुल भन्ने महमद आशु मियाँ शेख, वडा नं १ बस्ने वर्ष २४ को अरूण सरार्फ, वर्ष १९ को सागर गुप्ता, वडा नं. २ बस्ने वर्ष २१ को प्रमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । फागुन २ गते बाराको कलैया उपमहानगरपालिका वडा नं. ३. भवानीपुर बस्ने वर्ष २२ को साहेब बाबु मन्सुरले वडा नं. १ मा सञ्चालन गरेको नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा १५ दिनअघि उपचारका लागि भर्ना भएका वडा नं. ९ रामपुरटोल बस्ने हिरालाल प्रसाद धानुकको छोरा वर्ष ३७ को धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डललाई सुधार केन्द्रका कर्मचारीहरूले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । घाइते प्रदीपको कलैया सिटी अस्पतालमा पछि प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्ने क्रममा सातजनालाई तत्काल पक्राउ गरेको छ भने सो घटनामा ९ जना उपर किटानी जाहेरी परेको जिप्रका, बाराले जनाएको छ । पक्राउ परेका सातजनामाथि प्रहरीले बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ भने फरार दुईजनाको खोजी भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर