spot_img

दोस्रो वीरगंज गोल्डकप: सलेहस फुटबल क्लब सेमीफाइनलमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ फागुन । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत आज भएको प्रतियोगितामा सलेहस फुटबल क्लब सिरहा सेमीफाइनलमा प्रवेश गरेको छ ।काठमाडौंको संकटा क्लबलाई टाईब्रेकरमा ६–४ गोल अन्तरले पराजित गर्दै सलेहसले अन्तिम चारमा स्थान सुरक्षित गर्याे। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा सलेहसका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै संकटालाई पराजित गरे। प्रतियोगिताअन्तर्गत भोलीको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती क्लबबीच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। राष्ट्रिय स्तरका आठ टोली सहभागी यस प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपियाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ५ लाख ५५ हजार ५५५ रुपियाँँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य प्रायोजक वीरगंज महानगरपालिका रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर