spot_img

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । प्रहरीलाई देखेपछि उक्त व्यक्तिले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो । बोराबाट डाइजेपाम, नूरफिन, र फेनारगन लगायतका प्रतिबन्धित औषधी १५०० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन ।
यसैगरी जितपुरसिमरा उप–महानगरपालिका ३ स्थित बजनी सडक खण्डमा प्रहरीले १३ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज आउँदै गरेको माईक्रोबसमा सवार उक्त महिलाको साथमा रहेको २ वटा बोरामा १३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाकी ५० वर्षीया सुशिला गोले रहेको र उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।
यसैगरी बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएपछि फरार रहेका दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । राघव प्रसाद कानुलाई चेक अनादर र नरेश गिरीलाई मोटरसाइकल चोरीको आरोप पक्राउ गरी अदालतमा पेश गरिएको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर