spot_img

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । प्रहरीलाई देखेपछि उक्त व्यक्तिले प्लाष्टिकको बोरा फाली भाग्ने कोशिश गरेको थियो । बोराबाट डाइजेपाम, नूरफिन, र फेनारगन लगायतका प्रतिबन्धित औषधी १५०० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन ।
यसैगरी जितपुरसिमरा उप–महानगरपालिका ३ स्थित बजनी सडक खण्डमा प्रहरीले १३ किलो गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज आउँदै गरेको माईक्रोबसमा सवार उक्त महिलाको साथमा रहेको २ वटा बोरामा १३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाकी ५० वर्षीया सुशिला गोले रहेको र उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।
यसैगरी बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएपछि फरार रहेका दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । राघव प्रसाद कानुलाई चेक अनादर र नरेश गिरीलाई मोटरसाइकल चोरीको आरोप पक्राउ गरी अदालतमा पेश गरिएको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर