spot_img

रकमको झेलमा बारा पर्साका कैसिनो संचालन

पढ्न छुटाउनुभयो ?

दिपक वीरगंज, ८ चैत
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पनि वीरगंजमा सञ्चालित क्यासिनोहरूमा नेपाली प्रवेशलाई रोक्न सकेनन् ।

उनले वीरगंजमा सञ्चालित दुईवटा क्यासिनोमा गत फागुन ७ गते छापामारी गरेका थिए । एउटामा नेपाली नागरिक फेला परेनन् तर अर्कोमा एकजना नेपाली नागरिक फेला परेका थिए । नेपाली नागरिक फेला परेको क्यासिनोविरुद्ध के कारबाही भयो सो सार्वजनिक गरिएन ।

पछिल्लो समयमा मुख्यमन्त्री सिंहले प्रदेशका अस्पतालहरूमा ल्याएको सुधारपछि यहाँ सञ्चालित क्यासिनोमा पनि सुधार गर्लान् भन्ने आशा गरिएको थियो । तर फागुन ७ पछि क्यासिनोविरुद्धको अभियानमा मुख्यमन्त्रीको संलग्नता देखिएको छैन । पर्सा र बारामा गरी अहिले पाँचवटा क्यासिनो सञ्चालनमा छन् ।

नेपालमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूलाई प्रवेशमा रोक छ तर बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पाँचतारे होटल इच्छामा सञ्चालित स्माइल कलेक्शन प्रालि, पर्सा जिल्लाको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्स कलेक्शन प्रँलि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सिएमजी क्लब क्यासिनोमा जुवा खेल्ने अधिकांश नेपाली रहने गरेको कसैबाट लुकेको छैन ।

भर्खरैको कुरा हो यी क्यासिनोहरूले त्यहाँ नियमित जुवा खेल्ने नेपालीहरूलाई फागु पूर्णिमा मदिरा उपहार दिएका छन् । यसबाट पनि क्यासिनोहरूमा नेपालीहरूको सहभागिता पुष्टि हुन्छ । एकजना खेलाडीले क्यासिनोबाट मदिरा उपहार आएको बताए । उनले आफूले हालका दिनमा क्यासिनो जान छाडेकोले पुनः निम्तो दिने गरी फागुमा मदिराको बोतल उपहार दिएको हुन सक्ने बताए । क्यासिनोले फागुमा धेरै नेपाली खेलाडीलाई आकर्षित पार्न मदिरा उपहार पठाएका छन् ।

नेपालीलाई प्रवेश निषेध रहेका क्यासिनोहरूमा भारतीयलगायत विदेशीहरूले पहिचानपत्रसहित प्रवेश गर्न पाउने व्यवस्था छ । नेपाली वर्जित भएपनि क्यासिनो चलाउन नेपालीहरूलाई खुल्मखुल्ला प्रवेश दिने गरिएको छ । अहिले पर्सा र बाराका पाँचवटै क्यासिनोहरूमा ८० प्रतिशतभन्दा बढी ग्राहक नेपाली हुने गरेको स्रोतको दाबी छ । पर्सा र बाराका क्यासिनोहरूमा नेपालीहरूको निर्बाध प्रवेश प्रहरी प्रशासनलाई पनि थाहा छ ।

यस अघिका पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पत्रकार सम्मेलनमा क्यासिनोमा सुधार गरिने, नेपाली प्रवेशमा पूर्ण रोक लगाइने उद्घोष गरेका थिए । तर सोही दिन राति होटल भिस्वाको सिएमजी क्लब क्यासिनोमा पर्सा प्रहरीलाई त्यहाँका बाउन्सरहरूले प्रवेश गर्न दिएनन् । यसको प्रतिशोधमा तत्कालीन समयमा क्यासिनोका चारजनालाई पक्राउ गरी मुद्दा चलाइयो तर त्यसपछि क्यासिनोमाथि एकपटक पनि प्रहरी कारबाही भएन । यस कारणले पनि अहिले पर्सा प्रहरीमाथि क्यासिनोको मुद्दामा आम मानिसहरूले विश्वास गर्न सकेका छैनन् र मिलेमतोको आरोप लाग्दै आएको छ ।

प्रहरीलाई समेत प्रवेश गर्न नदिने गरी क्यासिनोहरू सञ्चालनमा छन् भने त्यसका सञ्चालकहरू कति शक्तिशाली छन् भन्नेबारे उल्लेख गर्नुपरेन । क्यासिनोहरूमा जुवा खेली धेरै नेपाली घरबारविहीन भएका छन् ।

लाखौं, करोडौं रुपैयाँ हारेर थुप्रै नेपाली बिल्लबाठ भएका छन् । कतिपयको घरबास उठेको छ भने कतिपयले व्यापारबाट हात धुनुपरेको छ भने कतिपय ऋणी बनेका छन् भने, अनि यसैको शोकमा केहीले आत्महत्या पनि गरेका छन् । पर्सा प्रहरीमा क्यासिनोबारेमा लिखित उजूरी नपरे पनि मौखिक उजूरीको कमी भने छैन ।

नेपालीलाई गैरकानूनीरूपमा प्रवेश गराउँदै आएका क्यासिनोहरूलाई मुख्यमन्त्री सिंहले एक महीना अघि छापामारी गरेपछि अहिले चुप बसेका छन् । अस्पतालको बेथिति सुधार गर्न महीना बढी समय दिंदै आएका उनको कदमको सर्वत्र प्रशंसा भइरहेको बेला वीरगंजमा एक महीना अघि एक दिने क्यासिनोविरुद्धको अभियान पछि चुप बसेकामा आलोचना भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर