spot_img

मधेश प्रदेशका चिकित्सकलाई तलब उपलब्ध नगराए आन्दोलन– संघ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ ।
संघले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्दै प्रदेशका विभिन्न स्थानीय तहका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब नपाएको र यसबाट उनीहरूको दैनिक जीवनयापनमा कठिनाइ भएको जनाएको छ ।
संघका अध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाउँदा उनीहरूको मनोबल गिरेको र यसले समग्र स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने जनाएका छन् । स्वास्थ्यकर्मीहरूले आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका छन्, तर उनीहरूले उचित पारिश्रमिक नपाउँदा दुःखित छन् । प्रदेश सरकारलाई तत्काल यो समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले पनि पटक–पटक सम्बन्धित निकायमा गुनासो दर्ता गराउँदा पनि सुनुवाई नभएको र तत्काल तलब उपलब्ध गराउन तथा नियमित रूपमा तलब पाउने व्यवस्था मिलाउन मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर