spot_img

पत्रकार महासंघ पर्साद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ चैत । पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारालाई कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरूमा भएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरू आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर