spot_img

प्रनानि खड्का अपराध अनुसन्धान कार्यालयको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा खड्कालाई सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । ६ नम्बर पिल्लरमा कार्यरत खड्काले वैशाख महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महŒवपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान दिएपछि उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । प्रहरी नायब निरीक्षक खड्काले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा खड्कालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको कार्यालयले जनाएको छ। खड्कालाई महिनाको ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८२’ अनुसार वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालय प्रमुख एवम् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर