spot_img

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा नयाँ महाशाखा, एसएसपी होबिन्द्र बोगटी प्रमुख

पढ्न छुटाउनुभयो ?

 

काठमाडौँ — आर्थिक मामिलासँग सम्बन्धित अपराध अनुसन्धानका लागि नेपाल प्रहरीले ‘आर्थिक अपराध अनुसन्धान महाशाखा’ गठन गरेको छ। उक्त महाशाखाको प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई दिइएको छ।
गैरकानुनी आर्थिक कारोबार, ठगी, जटिल वित्तीय घोटालालगायतका मुद्दा बढ्दै गएपछि यस्तो महाशाखाको आवश्यकता महसुस गर्दै गठन गरिएको प्रहरीको भनाइ छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार महाशाखा स्थापनासँगै आर्थिक अपराधका जटिल र ठूला मुद्दामा थप प्रभावकारी अनुसन्धान गर्न सकिनेछ।
‘पहिलेदेखि नै हामी जटिल प्रकृतिका मुद्दा हेर्दै आएका थियौं, आर्थिक अपराध पनि अब त्यही तहमा पुगेको छ,’ प्रवक्ता थापाले भने, ‘त्यसैले यस्तो छुट्टै महाशाखा आवश्यक देखियो।’
उनका अनुसार उपत्यकाभित्र यस्ता आर्थिक अपराधका उजुरी धेरै हुने गरेका छन्। काठमाडौंमा स्थापना भएको नयाँ महाशाखाले उपत्यकाबाहिरका घटनामा समेत अनुसन्धान गर्न सक्ने अधिकार पाउनेछ।
महाशाखाले काठमाडौंमै अलग कार्यालयबाट काम सुरु गरे पनि पीडितको पहुँचलाई सहज बनाउन जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट पनि उजुरी तथा जाहेरी दर्ता गरिने व्यवस्था यथावत् रहने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद...

सम्बन्धित खबर