spot_img

सशस्त्र प्रहरीद्वारा साढे ११ लाखको सामान भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार । सशस्त्र प्रहरी बल पर्साले ई–लोडरसहित ११ लाख ६६ हजार ६९० मूल्य बराबरको सामानहरू भन्सार दाखिला गरेको जनाएको छ । असार १४ गते सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म बीरगंजबाट खटीएको टोलीले वी.म.न.पा.–१६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रूपमा नेपालबाट भारत निकासी गरी लादै गरेको अवस्थामा ५ लाख ८ हजार मूल्य बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको ई–लोडर सहित नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी रक्सौलबाट वीरगंज आउदै गरेको मोटरसाइकलको बिभिन्न भागमा अबैध रूपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रू. ४,६७,०००।– बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिई असार १५ गते आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । त्यस्तै बिन्दवासिनी गा.पा–४ झौवा चोकबाट भारतबाट अबैध रूपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको १ लाख ९१,६९० बराबरको मोटरसाइकल किराना सामान नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखेकाछन् : यादव

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप...

सम्बन्धित खबर