spot_img

१५ लाख मूल्य बराबरको मोबाइलसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज १२ पुस । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।
बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङका अनुसार चौधरीले अवैध रुपले भन्सार छलीका मोबाइलहरु लुकाईछिपाई राखेको सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खानतलासी गर्दा चौधरीको घरबाट उक्त मूल्य बराबरको मोबाइल बरामद भएको निमित्त प्रवक्ता गुरुङले जनाए ।
उनको साथबाट विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाईल कभर फेला परेको उनले बताए ।
बरामद सामानसहित पक्राउ परेका चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर