spot_img

गिट्टीको बिल देखाएर प्याजको तस्करी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ पुस ।
जिल्ला प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मूल्य बराबरको भन्सार छलीको प्याजसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
पुस १३ गते प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा ना ६ ख २६२५ नं. को ट्रक चेक जाँच गर्ने क्रममा भिसिटिएस अनलाईन बिल गिट्टिको देखाएपछि प्रहरीले ट्रक भित्र रहेको १७,७३० किलो प्याज नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त प्याज ९ लाख ३० हजार ८२५ मूल्य बराबर रहेको र अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाईएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र राज गुरूङ्गले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img

ताजा खबर

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ११ औं गाउँ सभाकाे अधिवेशन तथा आ.व. २०८१/०८२ काे निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम...

सम्बन्धित खबर