spot_img

६ लाख हुन्डीको रकमसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज ०५ चैत। पर्सा प्रहरीले हुण्डी करोवारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवार रहेका छन। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलासी गर्दा उनको साथबाट नेपाली ६ लाख ८२ हजार रुपियाँँ बरामद भएको हो।
यस्तै, प्रतिबन्धित भारू पाँच सय दरको २८ हजार, विभिन्न बैंकको १९ थान चेकबुक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुशन्धान भइरहेको प्रहरीले जनएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर