spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

पढ्न छुटाउनुभयो ?

रास्वपा पर्साबाट प्रदेश कमिटीमा हरि पन्त निर्वाचित वीरगंज, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त निर्वाचित भएका छन ।
पर्सामा रिक्त रहेको दुर्ई प्रदेश सदस्य पूर्तिको लागि हिजो अबेर बिन्दवासिनी मन्दिरको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापतिसमेत निर्वाचित भएका हुन ।
प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा शुरूमा १४ जना योग्यता पुगेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको वातावरण निर्माण गर्न छ जना उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तसम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमानेपछि हरि पन्त, सुदिश प्रजापति, दिपराज पटेल, मुरली जलान र राम सुन्दर आर्य लगायत ८ जनाले आआफ्नो उम्मेदवारी कायम राखेका थिए ।
पर्साको चारैओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरू, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरू र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरू गरि २८ मतभार (मतदाता) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए ।
कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जसमध्ये लगभग दुर्ई तिहाइ सर्वाधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।
यता अर्का निर्बाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए । पराजित उम्मेदवारहरूमा दिपराज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुरली जलानले भने ६ मत मात्र प्राप्त गरेका थिए । त्यसैगरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरूले १–१ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरूप पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धीत जिल्लाको निर्वाचन क्षेत्र, गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरू द्वारा प्रदेश कमिटि सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी हुन्छ ।
निर्वाचन सम्पन्न गराउन केन्द्रिय संगठन बिभागका सचिव शंकर श्रेष्ठ, केन्द्रिय सदस्य डा नन्दन यादव, मधेस प्रदेश सभापति इ. तपेश्वर यादब, प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रबक्ता, कोषाध्यक्ष र जिल्लाका संयोजक उपसंयोजक लगायतका केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारी हरू वीरगंज आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर