spot_img

धोबिनी गापाका प्रमुख प्रशासकीय अधिकृत साहले आफूखुशी रकमान्तर गरेपछि जनप्रतिनिधिद्वारा विरोध

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ चैत/
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले आफूखुशी रकमान्तर गरेपछि जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साह आएदेखि कर्मचारीभित्र आपसी फुट तथा जनप्रतिनिधिहरूबीच बहुमतको आधारमा एकआपसमा द्वन्द्व गराएर करोडौ. रुपियाँ हिनामिना गरी आन्तरिक स्रोतको रकम शून्य बनाएको आरोप छ ।

गत आवको बजेट तथा नीति कार्यक्रममा शिक्षा सुधार कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ सञ्चालन गर्न विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्ने परिषद्ले पास गरेको थियो । सोही कार्यक्रम अन्तर्गत अजीज मियाँ माविले कक्षा ११ र १२ सञ्चालनमा ल्याएको थियो । गत वर्षसम्म तलब खाएका त्यहाँका शिक्षकहरूले चालू आवमा तलब नपाएपछि चैत १५ गतेदेखि कक्षा बन्द गर्ने निवेदन शिक्षा शाखामा दर्ता गराएको विद्यालयका प्रअ जीतेन्द्र रामले बताए । आन्तरिक स्रोतबाट शिक्षकलगायत अन्य कर्मचारीहरूले तलब पाउँदै आएका थिए । गापाले राजस्व नउठाए पनि त्यहाँ रहेका पाँचवटा ठूला पोखरीबाट बर्सेनि दुई करोड आम्दानी हुन्छ ।

एकजना जनप्रतिनिधिले पुस महीनाको अन्तिममा रकमान्तर गर्न परिषद्बाट पास गरिएको बताए । कुन कुन शीर्षकमा रकमान्तर गरेको हो सोबारे प्रमुख प्रशासकीय अधिकृतले गोप्य राखेर बजेट दुरुपयोग गरेको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत साहले शिक्षा र स्वास्थ्यमा केही नगरी करोडौंको सामान खरीदमा रकम खर्चेको बताइन्छ । विद्यालयमा विद्यार्थी बस्ने बेन्च छैन तर गापा कार्यालयमा हाकिमहरू बस्ने २० लाखको टेबुल–कुर्सी खरीद गरिएको छ । गाडी मरम्मत शीर्षकमा १५ लाख खर्च गरी नक्कली बिल बनाई रकम हिनामिना गरिएको छ । १५ लाखमा आठवटा सिमेन्टको कुर्सी बनाएर सार्वजनिक स्थानमा राखिएको छ ।

गापाको बजेट खर्च गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग हुन्छ । कुन शीर्षकमा कति रकम खर्चिएको छ त्यो कसैलाई पनि थाहा छैन । जनप्रतिनिधिले उपभोक्तामार्फत काम गराउँदा पैसा छैन भन्दै भुक्तानी रोकिएको छ भने प्रमुख प्रशासकीय अधिकृत साहसँग सम्पर्कमा रहेकाले भुक्तानी पाएका छन् ।

सामाजिक विकास शाखामार्फत करीब ८० लाख तालीम गोष्ठीमा खर्च भएको र सोबापत कमिशन बुझेर साहले कार्यादेश दिएको समाचार स्रोतको दाबी छ । केहीले कागजमैं कार्यक्रम सम्पन्न गरी भुक्तानी पाएका छन् ।

एकजना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत साहले नियमविपरीत खरीद गरेका सामान तथा सम्झौता बदर गर्न चाँडै प्रतिनिधिहरूको बैठक बसी निर्णय गर्ने बताए ।

कार्यालयमा नयाँ फर्निचर भए पनि पुनः खरीद गरी पुरानो हेल्थपोस्टको भवनमा थुपार्ने काम भइरहेको कर्मचारीहरू बताउँछन् । साभार प्रतीक दैनिक बाट

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर