spot_img

आईपीएल क्रिकेटमा मुम्बई र लखनउकाे जित

पढ्न छुटाउनुभयो ?

फोटो फाईलकाठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए । यसअघि पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा १ जितसहित आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा छ ।
यसैबीच, आईपीएलको हिजोको दोस्रो खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए ।
लखनउका लागि यश दयाल एक्लैले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए । जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।
आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर