spot_img

आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २६ चैत/

आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले जनकपुरमा पुगेर घटनाबारे छानबिन र थप अनुसन्धान सुरु गरेका हुन् ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान सुरु भएको छ ।

डीआईजी नेतृत्वको टिमले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे छानबिन भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर