spot_img

पर्सा प्रहरीद्धारा पम्प बिल्डिंगमा छापामारी

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा /६ बैशाख, पर्सा
बिरगंज– जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा भन्सार छली ल्याएको भारतीय कपडा अन्दाजी चार करोड रुपैया मुल्य बराबरको नियन्त्रणमा लिइएको छ ।

पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंलेको बिशेष सुचनाको आधारमा वरिष्ठ सई रमेश बजगाईको कमाण्डमा खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका मेनरोड स्थित रहेको पम्प बिल्डिगंमा छापामारी गर्दा भारतीय कुर्ता सुरुवाल, कपडाको थान, लताकपडा बरामद भएको छ ।

पम्प बिल्डिगंको तेसा्रे भवनमा कपडाले भरेको गोदाममा छापमारी गरिएको हो । प्रहरी उपिरक्षक ढुगंलले तस्करी नियन्त्रण गरेपछि तस्करहरुले भरिया महिला प्रयोग गरेर तस्करी गराईरहेका छन् । बीरगंजको छपकैया , भकुवा , मेनरोड , अर्लाै नाकाबाट तस्करहरुले महिला प्रयोग गरेर तस्करी धन्दा सञ्चालन गराएका छन् । पर्सा प्रहरीले तस्करी नियन्त्रण गर्नका लागी बिशेष प्रहरी परिचालन समेत गरेको छ ।

पर्सा प्रहरीले ठुलो मात्रामा कपडा बरामद गरेको पहिलो घटना रहेको बुझिन्छ । बीरगंजको पम्प बिल्डिगंमा अहिले पनि छापमारी भईरहेको हुनाले थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४...

सम्बन्धित खबर