spot_img

जसपा नेपालको आरोपमा सत्यता छैन– जसपा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ पुस/ जनता समाजवादी पार्टी, पर्सा सङ्गठनले धानको बोझामा आगजनी गर्नेलाई कारबाईको माग प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । वीरगज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् । वीरगंज महानगर–२२ जगरनाथपुर निवासी हरेन्द्र यादवले कटानी गरेर राखेको धानबालीलाई पुस ७ गते केही व्यक्तिहरूले आगजनी गरी क्षती पु¥याएको भन्दै हिजो पत्रकार सम्मेलन गरी दोषीलाई कारबाईको माग गरेको थियो । जसपा नेपालले हिजो पत्रकार सम्मेलन गरी खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा उनका पार्टीका ४ जना युवाहरूको नाम उल्लेख गरी आरोपीत बनाएको घटनामा कुनै सत्यता नरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जसपा नेपाल, पर्सा अध्यक्ष रामनरेश यादवले पत्रकार सम्मेलनमा दिएको सार्वजनिक अभिव्यक्तिलाई सच्याउन माग समेत ज्ञापन मार्फत गरेको छ । नेपाल सरकारको खानेपानीमन्त्री प्रदीप यादवको नाम नै जोडेर अनावश्यक विवाद गराउन प्रतिशोधको भावनाले अध्यक्ष यादवले आरोप लगाउने व्यक्तिलाई सचेत समेत गराएका छन् । घटनाका दोषीलाई बचाउने खेलमा जसपा नेपाल लागी परेको नेता तबरेज आलमले बताए । ज्ञापनपत्र बुझाउनेमा जिसस पर्साका सभापति अजय सरार्फ, मोहनलाल चौधरी, असलम आलम लगायतको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर