spot_img

६ किलो अफिमसहित एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ वैशाख । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो गिलो पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौडा आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नं. को यात्रीबाहक बसमा सवार जिल्ला चितवन, राप्ती नगरपालिका वडा नं. ११ बस्ने वर्ष २५ को बाबुराम तामाङले बोकेको झोला भित्र लुकाई छिपाई तीन वटा पोकामा ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो गिलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पक्राउ परेका तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ११ कात्तिक : बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको...

सम्बन्धित खबर