वीरगंज, ७ वैशाख । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो गिलो पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौडा आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नं. को यात्रीबाहक बसमा सवार जिल्ला चितवन, राप्ती नगरपालिका वडा नं. ११ बस्ने वर्ष २५ को बाबुराम तामाङले बोकेको झोला भित्र लुकाई छिपाई तीन वटा पोकामा ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो गिलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पक्राउ परेका तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्