spot_img

विकासलाई केन्द्रमा राखेर काम गर्दैछु –मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा पर्सागढी, ६ असोज
सङ्घ सरकारका खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी ९जसपा०ले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

पर्सागढी नगरपालिका–८ हरपुरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जसपा नेपालसँग अलग भएर जसपा गठन गर्नुको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली रहेको बताए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल हुँदै गएको तर उपेन्द्र यादवलाई सङ्गठनभित्र छलफल गर्दा चुपचाप लागेर बस्ने नेता–कार्यकर्ता चाहिएको मन्त्री यादवको भनाइ थियो । जसपा नेपाल अब केवल नारामैं सीमित रहेर जनतामा भ्रम उत्पन्न गरिरहेको उनको आरोप थियो । मधेसको अधिकार दिलाउने नाममा उपेन्द्र यादवले पटकपटक सत्तासँग सम्झौता गरेको आरोप लगाएका थिए ।

सङ्गठन विस्तार गर्न पार्र्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्र्टीको नीति र आगामी रणनीतिबारे पनि जानकारी गराएका थिए । पर्सा निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादवले स्थानीयस्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेषगरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

कार्यक्रममा नेता तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूलाई पार्टी छोड्न बाध्य बनाएको बताएका थिए । “जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ । पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरें,” नेता अहमदले बताए ।

पर्सागढी वडा नं ६ का अध्यक्ष नवलकिशोर साह, वडाध्यक्ष रामबढाइ यादव, असलम आलम, वडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाजबाबू राकी, डा आमिर आलम, आमिर मन्सुरीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर