spot_img

सुत्केरी महिलाले नारायणी अस्पतालमा निःशुल्क रगत पाउने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असोज । वीरगंजको नारायणी अस्पतालमा सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्रबाट निश्शुल्क रगत पाउने भएका छन् ।
नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबिच सोमवार सुत्केरी महिलाहरूका लागि निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलालाई आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने छ । त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको छ ।
रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रूपीङ एंव परिक्षण बापत प्रति युनिट रगतको १ हजार ५० रुपियाँँ शुल्क लिने गरेको छ । उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमवार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी पर्सा शाखाबिच सम्झौता गरिएको हो ।
रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।
सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायत को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर