spot_img

मन्त्री हटाउनेबारे एमालेले कुनै निर्णय गरेको छैनः मण्डल

पढ्न छुटाउनुभयो ?

महोत्तरी । असार – २८/

नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । शनिबार बर्दिबासको गौतम होटलमा भएको बैठकमा यसबारे केही प्रसंग नै नउठेको र एमालेबारे मिडियाले गलत सञ्चार गरेको अध्यक्ष मण्डलले बताए ।

‘मन्त्रीहरु फिर्ता गर्ने कुनै कुरा भएको छैन,’ अध्यक्ष मण्डलले भने, ‘अझ कुनै एउटा मन्त्री फिर्ता गर्ने भन्ने विषय त सरासर झुट हो । किन मिडिया एमालेबारे भ्रम फैलाइरहेका छन् ?’ उनले मधेशमा नेकपा एमाले लोकप्रिय र मधेश सरकारमा एमाले ठूलो दल भएको केही मिडियालाई मन नपरेको बताए ।
‘सबै मन्त्रीहरुको समय पुगेकाले सबैलाई फिर्ता गर्ने कि भन्ने विषय उठेको हो,’ नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले भने, ‘मन्त्रीहरुको व्यवहार अलि रुखो भयो, अब समय पनि भयो, त्यही भएर सबैलाई फिर्ता गर्ने कि भन्ने विषय र पर्फमेन्सबारे पार्टीमा कुरा उठेको हो, फेरिए सबै फेरिन्छन्, त्यसमाथि पार्टीले भनेर मात्रै मन्त्री फिर्ता पनि हुने होइन ।’ उनले कुनै एउटा मन्त्री हटाउने भन्ने विषय पार्टीको प्रदेश कमिटीको एजेन्डा नबन्ने बताए ।
एमाले मधेश प्रदेश कमिटीको शनिबार बर्दिबासमा सम्पन्न बैठकले खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको भनेर केही मिडियाले गलत सञ्चार गरेको दुवै शीर्ष नेताले बताए । एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्यमा मन्त्री प्रमोद जयसवालको नामै तोकेर पार्टीका मन्त्रीहरुलाई जनता र पार्टीसँग सम्बन्ध सुमधुर राख्न र जनतासँग नरम व्यवहार गर्न आलोचनात्मक टिप्पणी गरेका थिए । बैठकमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश इन्चार्ज एवम् सांसद लिलानाथ श्रेष्ठ, सांसदहरू ज्वाला साह, जुलि महतो, प्रभु हजारा, आठवटै जिल्लाका इन्चार्जको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको...

सम्बन्धित खबर