क्वालालम्पुर मलेसिया। प्रवासी नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र उद्यमशीलतामार्फत परिचित युवा व्यवसायी बिनोद कुमार यादव प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको सल्लाहकारमा नियुक्त हुनुभएको छ।
न् २०२६–२०२८ कार्यकालका लागि सम्पन्न विभागको दोस्रो अधिवेशनबाट गठन गरिएको नयाँ कार्यसमितिअन्तर्गत यादवलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको हो। उहाँ हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष समेत रहनुभएको छ।
लामो समयदेखि मलेसियामा बसोबास गर्दै आउनुभएका यादव प्रवासी नेपालीहरूको सुख–दुःखमा साथ दिने, सामाजिक कार्यमा अग्रसर रहने तथा उद्यम व्यवसायमार्फत नेपाली समुदायलाई सहयोग पुर्याउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। व्यापारिक यात्राका क्रममा उहाँले यसअघि दुबईमा समेत लामो समय बिताउनुभएको थियो।
प्रवासी नेपालीहरूको हक–हित, एकता, सामाजिक सहकार्य तथा समुदायका साझा मुद्दामा निरन्तर सक्रिय रहँदै आउनुभएका यादवको अनुभव, नेतृत्व क्षमता र सामाजिक योगदानले विभागलाई अझ सशक्त, प्रभावकारी र गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
नवनियुक्त सल्लाहकार यादवलाई विभिन्न सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा प्रवासी नेपाली समुदायका सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले नयाँ कार्यसमितिसहित प्रवासी नेपालीहरूको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने उद्देश्यका साथ आगामी दिनमा अझ सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
नवनियुक्त सल्लाहकार बिनोद कुमार यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उहाँको अनुभव, दूरदृष्टि र सामाजिक प्रतिबद्धताले संगठनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




