spot_img

बुहारीको हत्याको आरोपमा जेठाजुसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असोज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले मंगलवार पत्रकार सम्मेलन गरी असोज २ गते कान्ती देवी बिनको हत्यामा संलग्न दुई जेठाजुसहित तीनजनालाई सार्वजनिक गरेको हो ।
असोज २ गते दिउँसो ३ः०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने स्व. सनिक राउत बिनको पत्नी वर्ष ५६ की कान्ती देवी बिनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।
कान्तिको छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारीबाट बिदा लिएर घर आएपश्चात लालबाबु राउत बिनको नाममा असोज ७ गते किटानी जाहेरी दिएपछि प्रहरीले लालबाबूलाई पक्राउ गरेको थियो । लालबाबुले बयानको क्रममा मृतक कान्तिदेवीका जेठाजु चन्द्रिका राउत वीन र अमीरीका राउत बिन पनि हत्यामा संलग्नता रहेको बताएपछि प्रहरीले चन्द्रिका र अमिरिकालाई असोज १४ गतेको पक्राउ गरेको थियो ।
लालबाबुले प्रहरी बयानमा बताए अनुसार असोज १ गते राति तीनैजनाले कान्तिदेवीको घरमा चोरी गर्ने योजना बनाई सेन काटेर घर भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । चोरी गर्नको लागि बक्साहरू खोतल्दै गर्दा कान्तिदेवी निद्राबाट बिउझेको देखेपछि तीनैजनाले कान्तिदेवीको टाउकोाम रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएका थिए । त्यसपछि सिरानीले मुख छोपेर खुर्पीले कान्तिदेवीको घाँटी रेटी हत्या गरेको लालबाबूले बताए ।
प्रहरीले अनुसन्धानको क्रममा तीनैजनामाथि पोलिग्राफ परीक्षण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना

  वीरगन्ज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ...

सम्बन्धित खबर