spot_img

गहवामाईको तेस्रो रथयात्राको भव्य तैयारी पूरा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असार । तेस्रो गहवामाई रथयात्रा–२०८२ को सम्पूर्ण तयारी सम्पन्न भएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ । बिहीवार गहवामाई मन्दिरपार्कमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेलले शुक्रवार बिहान ७ः३० बजे मन्दिर परिसरबाट शोभायात्रा शुरू हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले रथयात्रा सुरक्षा र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी दिँदै यसपटकको कार्यक्रमका लागि करिब २५ लाख रुपियाँ खर्च हुने बताए । उनले रथयात्राको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षा निकायसँग विभिन्न चरणमा समन्वय गरी करिब ६ सय स्वयंसेवक परिचालन गरिने उनले बताए । रथयात्राको क्रममा ५० भन्दा बढी स्थानमा पिउने पानी, सर्बत, जुस तथा चिसो पेय पदार्थको स्टल राखिने र शनिवार हुने महाप्रसाद भण्डारा कार्यक्रममा पनि करिब १५ वटा स्टल मार्फत भव्यरूपमा प्रसाद वितरण गरिने समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर