spot_img

खेतमा बरामद शव रुपेश महराको भएको प्रहरी दावी

पढ्न छुटाउनुभयो ?

जनकपुर १० कात्तिक । जनकपुरधाममा बरामद युवकको शब पहिचान खुलेको छ ।
बिहिवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा धान खेतमा मृत अवस्थामा फेला शव बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृतकको पहिचान खुलेको हो ।
उनी जनकपुरधाम उपमहानगरपालिका २४ बसहीया बस्ने फुलगेन महराको अन्दाजी २५ वर्षीय छोरा रूपेश महरा रहेको जनाइएको छ ।
टाउको, मुख रत्ताम्य अवस्थामा उनी मृत अवस्थामा फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने धनुषा प्रहरीको अनुमान छ ।
शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यता यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर