spot_img

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

पढ्न छुटाउनुभयो ?

सिराहा, १४ मंसिर ।
सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।
कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ ।
कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोप पत्रकार साहले लगाएका छन् । उनले भने, ‘मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।’
पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् । बदनीयतपूर्ण तरिकाले उत्तर पुस्तीका खोस्ने कार्य गरेकाले निज कर्मचारीलाई छनोट प्रक्रियामा सामेल नगराउन समेत उनले माग गरेका छन् । साथै उनले कर्मचारी निरञ्जन शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवा तर्फ पठाउन माग गरेको छ ।
यी मागहरू मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनी समेत उनले दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र...

सम्बन्धित खबर