spot_img

बारामा नक्कली नोट सहित पाँचजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज २५ माघ । बारा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाइ पक्राउ गरिएको पत्रकार सम्मेलनको आयोजना गरेर सार्बजनिक गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट सर्लाही जिल्ला चन्द्रनगर गाउँँपालिका ३ का रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका ५ का सुमित साह, सोही स्थानका सन्तोष पटेल, वीरगंज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव गरी पाँचजनालाई बिभिन्न स्थानबाट नेपाली नक्कली नोटसहित पक्राउ गरी अFवश्यक कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माघ २४ गते जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोवार गरिहेको अवस्थामा एक जनालाई पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरि अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ४ जना लाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार विभिन्न ठाउँहरूबाट पक्राउ गरी एक हजार दरको नोट थान ६१ नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल थान ७ समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर