spot_img

वीरगंजमा चार घण्टा कफर्यु खुला, १० बजेपछि पुनः कफर्यु यथावत रहने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा बिहान ६ बजेदेखि १० बजेसम्म चार घण्टाका लागि कफ्र्यू आदेश खुला गरेको छ ।
सर्वसाधारणको दिनचर्या सहज बनाउन कफ्र्यू आदेश चार घण्टाका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
आज बिहान विज्ञप्ति जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले मगलवार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यू आदेश खुला गरिएको जनाए । उक्त समयपश्चात स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यू आदेश रहने प्रजिअ भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।
वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कफ्र्यू लगाएको हो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर