चैत २२, वीरगन्ज / दिपक कुशवाहा
चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातिसम्म तीन दिन वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा ‘रात्रि बजार’ लगाउने तयारी महानगरपालिकाले गरेको हो ।
गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन रात्री बजार लगाउन लागिएको मेयर सिंहले बताए। उनका अनुसार, रात्रि बजारले सुस्ताएको वीरगन्जको अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याउने अपेक्षा छ । रात्रि बजारको समयमा भारतीय पर्यटकहरुलाई लक्षित गरि भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाका रातभर खुला रहने पनि मेयर सिंहले बताए।
सामान्यतया वीरगन्ज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस् भनेर रातभर खुला गर्न उनले बताए ।
‘रात्रि बजार लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति गरिसकेका छौँ भने ,‘रात्रि बजार अवधिभर आउजाउमा कुनै समस्या आउने छैन ।’
‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टलहरु राखने मेयर सिंहले जानकारी दिए । रात्रि बजार सौहार्द र सभ्य भव्य रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने बारेमा बिहीबार सरोकारवालाबिच छलफलपनि भएको छ ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए ।