spot_img

प्रदिप यादवकाे प्रश्न : हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन ?

पढ्न छुटाउनुभयो ?

२२ चैत,वीरगन्ज ।

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुनुकाे कारण माग गरेका छन् ।

सार्वजनिक लेखा समितिकाे विहीबार बसेकाे बैठकमा बाेल्दै सांसद यादवले साेधे, हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन, वास्तविक कारण के हाे ? समस्या समाधानका लागि लेखा समितिमा कारण आउनुपर्याे ।

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले ९७५ किलाेमिटर निर्माण भइसकेकाे तथ्यांक प्रस्तुत गरेकाे थियाे ।

यसमा यादवले साेधे, ९७५ किलाेमिटर निर्माण भएकाे भनियाे, याे सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसकाे मापदण्ड के हाे ? नेताकाे दबाब, मन्त्रीकाे दबाब, आसेपासेकाे दबाबमा कहाँ कहाँ निकालियाे बताउनुस् ।

सांसद यादवले मधेश प्रदेशमा हुलाकी राजमार्गमा कति पुल बन्न बाँकी छ भनेर साेधे । पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ, हुलाकी राजमार्ग विस्तारमा उनले साेधे । मधेशकाे लाइफलाइन हुलाकी राजमार्ग यथाशीघ्र बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकाे उनले जिकिर गरे । समग्रमा याे सरकारकाे दाेष हाे, सुस्त हुनुमा उनले भने, मधेशबाट मन्त्री नियुक्त भयाे भने अग्रसरता लिने, पहाडकाे बन्याे भने नलिने छ । अहिले महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर