spot_img

बारा प्रहरीको ‘मोबाईल टोलि’ रकम असुलीमै व्यस्त

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा /२८चैत, बारा
जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको शान्ती सुरक्षा चुस्त बनाउन तथा सम्भावित अपराध रोक्न खटाएको प्रहरीको मोबाईल टोलि तस्करहरुसंग रकम असुलिमै व्यस्त भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय कलैया अन्तर्गत खटाईएको ‘मोबाईल ६’ भन्ने प्रहरी हवल्दारको मोटरसाईकल टोलि दिनहु झै भारततीय बजार आदापुरबाट बाराकाे मटिअर्वा नाका हुदै खाद्दान्न, कपडा, सुर्ती,चिनी र माेटर्स पार्टस लगायतका उपभोग्यका सामन ओसार-पोसार गर्ने साना तस्करहरुसंग दैनिक तथा मासिक रुपमै रकम असुलिमा व्यस्त रहेको श्रोतले जनाएको छ।प्रहरी हवल्दार घनश्याम पण्डेयको नेतृत्वमा रहेको उक्त टोलिले साईकल तथा मोटरसाईकलमा सामान लिएर कलैया भित्रीने साना तस्करहरुसंग मासिक रु.५ हजार देखि २० हजारसम्म ‘लाईन क्लियरेन्स चार्ज’ लिदै आएको श्रोतले जनाएको हो।बा.२ ब. ५७२५ नम्बरको निलो अपाची गाडिमा सवार हवल्दार पाण्डेय र एकजना प्रहरी जवानको टोलिले कलैयाको पन्नाबाग, हनुमान मन्दिर, मदर्शा टोल, बरेवा चौक, कृषि बजार चौक लगायतका स्थानहरुमा दिनभरी ढुकेर बस्ने र ती बाटो भई आउने तस्करहरुबाट दैनिक तथा मासिक रुपमा रकम संकलन गरिरहेको बुझिएको हो।

आकस्मात हुने घटना, परिघटना रोक्न, अपराधीहरुबारे सुचना संकलन गर्न तथा ‘क्विक रेस्पोन्स’का निम्ति मोटरसाईकल सहित खटाईएको उक्त टोलिले आफ्नो काम र कर्तब्य बिर्सेर रकम असुलिमै व्यस्त भएपछी जिबिकोपर्जनका लागि सानो आकारमा पारीबाट सामान ओसार्ने गरिब तप्काका व्यक्ती समस्यामा परेका छ्न भने दिनदहाडै पैसा असुली गरेको देखेर आम नागरिकको प्रहरी माथिको विश्वास समेत गुम्दै जान थालेकाे छ। यसतर्फ नव आगन्तुक एसपीकाे ध्यान जान जरूरी छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर