spot_img

२०४७ साल पछिका सांसदहरू र कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ : सांसद, प्रदिप यादव

पढ्न छुटाउनुभयो ?

२८ चैत, काठमाडाेँ/
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरू र कर्मचारीहरूको सम्पत्तिको छानबिन गर्न माग गरेका हुन् । बहुदलपछि खालि खुट्टा आएका नेताहरूको चार, चारवटा घर काठमाडौँमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । उनले भ्रष्ट नेताहरूलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए ।

उनले भने – ‘२०४७ सालपछिको सम्पतिको छानबिन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरूको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ?
निश्चित रुपमा छानबिन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्छ ।’

उनले सहकारी ठगहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद...

सम्बन्धित खबर