spot_img

सर्लाहीको त्रिभुवननगरबाट तस्करी चालू

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा /३० चैत, सर्लाही
मलंगवा  ।  सर्लाहीको त्रिभुवननगर नाका अहिले केही तस्करहरूको लागि उर्वर भूमि बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल , उप तथा गृहमन्त्री रवि लामिछानेले मात्रै होइन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवंर सम्मले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि उक्त निर्देशनको कार्यान्वयन भएको छैन । बरू उल्टो त्रिभुवननगर नाकाबाट भने व्यापक तस्करी चलिरहेको छ।

त्रिभुवननगर नाकाबाट अहिले तस्करीको लाइन पाउनेहरूमा कपडा र हार्डवेयरको काम गर्ने हुसेनी , बिजय , भगतजी कपडा र किराना , बिरेन्द्र र गौरी हार्डवेयर , प्रकाश , लालबाबु रक्सी , बियर , अभिनाष महत्तो किराना , कपडा , भिम , रमेश , राजा  खाद्यान्न  र  मल ,माष्टर साहेव किराना , राधे साह दाना , चामल र धान मुख्य छन् ।

नेपाल प्रहरीको तर्फबाट इप्रका त्रिभुवननगरमा सई दिपेन्द्र राज गिरी प्रमुख छन् । उनको संरक्षण  र  सेटिङमा यहीँ नाकाबाट तस्करीको लाइन खुलेको स्थानीय बताउँछन् । अब नयाँ आएका एसपी रबिन्द्र बहादुर सिंहले यो नाकाबाट हुन तस्करी नियन्त्रण गर्न सक्ने हो होइनन् त्यो भने हेर्न बांकी नै छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर