spot_img

पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

पढ्न छुटाउनुभयो ?

जेठ १०/ पर्सा

वीरगन्ज। भारतको बिहारसंग सिमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका सबै सीमा नाकाहरु आज बिहीबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

भारतमा अहिले भइरहेको लोकसभा निर्वाचनका लागि वीरगन्जसहित पर्सा जिल्लाका सबै नाकाहरु आज बिहान ६ बजेदेखि देखि जेष्ठ १२ गते साँझ ६ बजेसम्म तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्सासंग खुल्ला सीमा जोडिएको बिहारको पश्चिमी चम्पारण जिल्लामा मे २५ तारिख अर्थात जेष्ठ १२ गते लोकसभाको निर्वाचन हुदैंछ। पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टादेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।

त्यहि सहमति अनुसार, भारतीय पक्षबाट गरिएको आग्रह अनुसार, बिहारको पश्चिम चम्पारण जिल्लासंग सीमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका नाकाहरु आज बिहान ६ बजे देखि जेष्ठ १२ गते बेलुकी ६ बजेसम्म बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर