spot_img

यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचारीहरुको आंखडा

पढ्न छुटाउनुभयो ?

जेठ ९ / पर्सा
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचारीहरुको आंखडा बन्न पुगेकोमा सेवाग्रहीहरु दुःखित बन्दै गएका छन् । सवारी शाखाको प्राविधिक फाँटका प्रमुख ईन्जिनियर नितेश्वर यादव, सहायक ईन्जिनियर प्रमोद साह र प्रशान्त साहका कारण सेवाग्रहीहरु दुःखित हुदै आतंकित बन्न पुगेका छन् ।
सो फाँटमा सेवाग्रहीहरुले नामसारी, नविकरण, जाँचपास लगायतका काम लिएर जाँदा सो मा कार्यरत्त ईन्जिनियरहरु नितेश्वर, प्रमोद र प्रशान्तले सेवाग्रहीहरुलाई हैरान गरेसम्म हैरान गरे पछि बिचौलिया बिवेक यादव र आशिष दाहाल मार्फत मरमोलाई गराई घुसको रकम लिएपश्चात नै ईन्जिनियरहरु कार्य अगाडि बढाउने गरेको भुक्तभोगीहरुको गुनासो रहेको छ ।
बिचौलिया बिवेक यादव र आशिष दाहाल कार्यालयको कर्मचारी नभए तापनि उनीहरुलाई कर्मचारीको हैसियतमा कुर्सीमा बसाईन्छ र मरमोलाई गराएर उनीहरु मार्फत नै घुसको रकम असुली गर्ने गरिएको जो सुकैले पनि सहजै हेर्न सक्छ । प्रमुख ईन्जिनियर नितेश्वर यादवको नातामा पर्ने भाई बिवेक यादव असुलीको मामिलामा दाहिने हात सरह हुन भने बाँया हात सरह आशिष दाहाल नै रहेको कार्यालयमा चर्चा गर्ने गरिएको एक कर्मचारीले बताए ।
प्रमुख ईन्जिनियर यादवले यस भन्दा अगाडि लाहान, दाङ र हेटौडा यातायात व्यवस्था कार्यालयमा कार्यरत्त रहदां नातामा पर्ने भाई बिवेक यादवलाई असुली गराउनैका लागि सँगै राख्ने गरेको र वीरगंजमा करिब डेढ वर्ष देखि सँगै नै राखेको स्रोतले जनाएको छ । भ्रष्टाचार सन्दर्भमा अनुभव बटुलिसकेका सिपालु कर्मचारीको रुपमा चिनिएका प्रमुख ईन्जिनियर यादवले घुसको रकम बिना उनको रातो कलम एक ईन्च पनि अगाडि बढने नगरेको जानकारहरु बताउंदछन् । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि प्रमुख ईन्जिनियर नितेश्वर, प्रमोद र प्रशान्तले सही गर्ने गरेको स्रोतले जनाएको छ ।
काम नलाग्ने ठुला गाडीहरु कबाडमा परिसकेकोले सम्बन्धित सवारी धनीहरु कर तिर्न नपरोस भन्दै लगत कट्टा गराउन प्राविधिक फाँटमा जाँदा ईन्जिनियरहरुले कबाडमा रहेको गाडीको ईन्जिन र चेचिस नम्बर काटन मगाई पुनः सवारी धनीलाई जसरी जे हालतमा गाडी छ, मगाउनै पर्छ भनि अनावश्यक झमेला खडा गरी २० हजार देखि ५० हजार सम्म असुल्ने गर्ने गरेको एक सवारी धनीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
भ्रष्ट प्रवृतिका ईन्जिनियरहरु कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी दुरुस्त रहेको भन्दै सही गर्ने गरेको बताईन्छ । गाडी नआएकोमा सवारी धनीहरु सँग प्रति मोटरसाईकल ५ सय, कार, जिपको ३ हजार देखि ५ हजार सम्म, बस, ट्रकको ५ हजार देखि २५ हजार सम्म असुली गर्ने गरेको स्रोतको कथन रहेको छ ।
कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहेता पनि सवारी शाखाका प्राविधिक फाँटका ईन्जिनियरहरु निश्चित रकम बिचौलियाहरु बिवेक यादव र आशिष दाहाल मार्फत लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् । प्राविधिक फाँटमा “दिन दु गुना रात चौगुना” भ्रष्टाचारजन्य कार्यहरु बढीरहंदा नियमनकारी निकायको ध्यान नजांदा सेवाग्रहीहरु दिनप्रति दिन पिडित बन्दै गएको बताईन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् ।...

सम्बन्धित खबर