spot_img

नक्कली नोटसहित चार जना पक्राउ

पढ्न छुटाउनुभयो ?

जेठ १६/ बारा
सिम्रौनगढ । बारामा १३ लाख बराबरको नक्कली नोटसहित चार जनालाई प्रहरीले पक्राउ  गरेको छ । तीन जना नेपाली र एक जना भारतीय नागरिकलाई १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। प्रहरीको टोली खटिएको थियो।

सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको हो।
कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहटका १९ वर्षीय मोहनकुमार साहलाई सोमबार पक्राउ गरेको थियो।
उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरी प्रहरीले भारतको विहार मोतिहारीका ४० वर्षीय महमद आलमलाई मंगलबार पक्राउ गरेको थियो।

उनीबाट थप ६ लाख ९ हजार बराबरको नक्कली नोट बरामद भएको हो।
प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न...

सम्बन्धित खबर