दिपक कुशवाहा, ९भाद्र/नेपाल शिक्षक महासंघ महानगर कार्यसमिती वीरगजले आज पत्रकार समेल्लनको आयोजना गरि महानगर लगाएत शिक्षा महाशाखालाई आरोपित बनाई भष्ट्रचारको प्रमाण देखाउदै गम्भिर आरोप लगाएको समाचार प्राप्त भएको छ ।
शिक्षकहरुको छाता संगठनले शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी िमलानको नाउमा शिक्षकहरुसंग मोटो रकम माग गर्नुको साथै रात्रिकालिन सेवाको लागी मदिरा मदिरा माग गरेको पिपिडत शिक्षकहरुले पत्रकार समेल्लनमा आरोप लगाएका थिए । दरबिन्द मिलानको नाउमा आफना नातागोता, व्यक्ति मिलान, आर्थीक मिलान, स्वजातिय मिलान कार्य गरेको आरोप लगाएका थिए ।
पत्रकार समेल्लनमा बोल्दै महासंघको महानगर कार्य समितीका अध्यक्ष प्रदिप जयसवालले बिद्यार्थीको संख्याभन्दा आसेपासेको अधारमा दरबन्दी मिलन गरेको आरोप लगाएका थिए । त्रिजुद्ध मावीमा सबै शिक्षकहरुलाई सरुवा गरि आफना आफन्तलाई राख्न २०८१ साउन १६ बिज्ञापन प्रकाशित, रेलवे मावीका प्रअ मुन्नीलाल कर्णले नक्कली बिद्यार्थी खाडा गरि खाजाको रकम खाएको प्रमाण स्वरुप ५ लाखभन्दाबढी बेरुजु गरेको कर्णलाई कारवाहीको साटो बिद्यापिठमा सरुवा गरेको लगाएत थुपैै आरोप शिक्षकहरुको रहेको थियो । शिक्षक हासिम अंसारीले अरन्दिलालले गरेको भष्ट्रचारको पोल खोलेपछि उनलाई पअबाट झरुवा गरि अर्को बिद्यालयमा पठाएको अंसारीको भनाई थियो । कर्णले आफुसंग पटकपटक रकम माग गरेको प्रमाण मेयर राजेशमान सिह तथा उपमेयर ईम्त्याज आलमलाई दिएपछि आफुलाई झरुवा गरेको उनको आरोप थियो ।
महासंघले केकतीजनाको दरबन्दी मिलन भएको माग गरेको १ महिना हुन लागेको तर हालसम्म कर्णले नदिएको आफुहरुको माग पुरा नभएसम्म शैक्षिक क्षेत्रमा असर नपर्ने गरि चरणबद्ध आन्दोलनको घोषना गर्ने उनीहरुको भनाई थियो ।
पंखा काण्डको क्षिक्षकद्धरा प्रदाफास नक्क्की दिएर सक्कलीको भुक्तानी
वीरगज महानगरले आर्थीक बर्ष २०७९÷२०८०मा महानगर भित्र रहेका सबै बिद्यालयहरुमा पठाएको पंखामा व्यपाक भष्ट्रचार भएको आरोप लगाएका छन । बजारमा रु १२ सय पर्नेलाई महानगरको घाक धम्की देखाई बिद्यालयबाट प्रति पंखा रु ३१०० रकम असुल गरेको शिक्षकहरुको आरोप थियो । बिद्यालयले आफनो खाताबाट थापा टे«डर्स तथा एसके सप्लार्यसको नाउमा चेक काटन लगाएको उनीहरुको आरोप थियो । २०८० साउनमा महानगरले बिद्यालयले मागको भन्दा तेवर संख्यामा पंखा पठाएको थियो । तर २०८१ असार ३२ गते महानगरले सबै बिद्यलयमा ३१ सयको दरले एकासी रकम पठाएको सोही दिन सपलाएरहरुले बिद्यालयहरुमा पुगी चेक काटन दवाव दिदा शिक्षकहरु आश्यचकित भएका थिए । पंखा आएको देखेर खुशी व्यक्त गरिदै गरेका शिक्षकहरुले बिद्यलायको खाताबाट रकम दिनु पर्ने सुनेर चिन्तीत बन्नेका थिए । महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले पंखा सक्कली नभई नक्क्ली रहेको बताए । संचारकर्मीहरु अगाडी पंखा खोल्दा पंखाभित्र तामाको क्वायल नभई अलुमनियको रहेको प्रमाण देखाए । समान्य हाम्रो घरमा लाग्ने पंसाको तौल ३ केजीसम्म हुन्छ तर ती पंखाको बजन १ केजी सम्म रहेको यादवको भनाई थियो । पंखा चलाउदा हावापनि नदिने १ महिनामा नै अधिकास पंखा जलि सकेको शिक्षकहरुको भनाई छ । शिक्षकहरु फस्ने डरले अधिकास भुक्तानी गरेका छैन, भुक्तानी नगर्ने प्रअहरुको झरुवा लेखापालहरुलाई सरुवा समेत भएको छ ।
नियमत बिद्यालयको खातामा आएको रकम चालउने अधिकार बिद्यालय व्यवसाथपन समितीको निर्णय अनुसार आफै खर्चिने हो । तर महानगरले ई पुस्तकालय तथा आसिटीको रकम पठाउने तर सबै समान नक्क्ली किनेर आफै दिने गल्त क्रियाकलापको प्रदाफस गरेको उनीहरुको भनाई थियो ।
सेन्टरी पैड काण्ड
वीरगज महानगरले सेन्टरी पैड खरिदमा पनि अनियमितिा गरेको आरोप लगाएका छन । आर्थीक बर्ष २०८०÷८१मा बर्षभरी सेन्टर पैड खरिद गरेका छैन । शिक्षकहरु बिरोध गर्न थालेपछि साउनमा बिद्यालय बन्द अवस्थामा रहेको बेला एकासी सबै बिद्यालयहरुमा सेन्टरी पैड खरिद गरी पठाएको छ । महानगरका आसेपासे प्रअहरुले सेन्टर पैड पाएको भरपाई दिएका छन भन्ने अधिकासले गुणस्तरहिन रहेको भन्दै भरपाई दिन मान्नेका छैन । पैैड खरिदमा व्यपाक भष्ट्रचार हुदै आएको शिक्षकहरुको आरोप छ । एक महिला शिक्षकका अनुसार महानगरले पठाएको सेन्टरीपैड हामीले लगाउन सक्दैन बच्चाहरु कसरी प्रयोग गर्छ बताए । बजारमा पाउने पैडभन्दा धेरै घटीया कलासका पैड खरिद गरी बिगतको समयदेखी नै पठाउदै आएको बताए । महिला शिक्षकहरुले प्रयोग गर्न बितीकै समयमा चिलाउने फोहरपनि रोक्न नसके कस्ता पैड छन आफैले बुझने तर्क गरे महानगरले पठाएका सबै पैड स्टोरमा नै सडछ । बिद्यार्थीको अभिभावकसंग पैसा भए बजारबाट किनेर बच्चालाई दिन्छ तथा नभएका परिवारले पुरानो शैली अनुसार प्रयोग गर्छ ति महिला शिक्षकको भनाई थियो ।