spot_img

बलिरामपुरबाट व्यापक तस्करी/ थानदार तुरहाको आतंक

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज/

बारा जिल्लाका केही नाकाहरूबाट तस्करी धन्दा शुरू भएको छ । नेपालीहरूको महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बारा जिल्लाका केही नाकाहरूबाट भने तस्करी धन्दा व्यापक हुन थालेको छ। अहिले बाराको बलिरामपुर नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङमा व्यापक तस्करी भैरहेको छ ।
तस्करीको लाइन दुबै प्रहरीले दिएका छन् । यो नाकाबाट कपडा र प्याजको ठूलो तस्करी चलेको छ। कपडाको तस्करी गर्ने गरि लाइन पाउनेमा सन्तोष तुराहा , मुन्ना साह , दीपक कुमार यादव , जयलाल यादव , शेखावत , बिरेन्द्र नुनिया, कमलेश समेत छन् । उनीहरूले कपडाको ठूलो तस्करी गरिरहेका छन् । त्यसैगरी सुरेन्द्र कलवार भन्नेलाई प्याजको तस्करी गर्ने लाइन दिइएको छ। तस्कर देखि कारोवारीसंग भेट्ने काम नेपाल प्रहरीको हकमा सई रबिन्द्र साह तुराहा आंफैले गर्ने गरेको चौकीैकै प्रहरीहरू बताउँछन् । त्यसैगरी सशस्त्र प्रहरीको हकमा स्थानीय फरवार्ड बेशको प्रमुख सई भए पनि तस्कर र कारोवारी भेट्ने काम डियुटीमा खटिएका सशस्त्र प्रहरीले नै गर्दै आएका छन् । सई भाग मात्रै लिने तर कारोवारीहरू सामु नदेखिने गरेको स्थानीय व्यापारी बताउँछन् । चेकजाँच गर्ने ठाउँ र सशस्त्रको सई बस्ने क्याम्प १५ मिनेटको दूरीमा रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर