spot_img

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कार्तिक १ गते फेला परेको थियो । असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो ।
सोनार हत्या प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको विशेष टोलीले हत्याका मुख्य आरोपित कलवारलाई मंगलवार रक्सौल क्षेत्रबाट पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने कलवारलाई वीरगंजको इनर्वा नाकाबाट पक्राउ गरिएको बताए ।
सोनारको हत्यामा संलग्न कलवारसंगै संलग्न रहेका अर्का एक युवक भने फरार रहेको बारा प्रहरी श्रोतले जनाएको छ । ती युवकको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । सोनारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक सोनारकी श्रीमति मनिषा देवीलाई गत शुक्रवार नै नियन्त्रणमा लिएको थियो । उनिपनि हाल प्रहरी हिरासतमै छिन् ।
सोनारको हत्या उनकी श्रीमति मनिषा देवी र पक्राउ परेका कलवारबिचको अनैतिक सम्बन्धका कारण भएको आशंका प्रहरीको छ । प्रहरी श्रोतले भन्यो,‘अहिलेसम्मको अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको देखिन्छ । तर यसवारेमा अझै यकिनका साथ भन्न सकिदैन । अनुसन्धान जारी छ।’
पक्राउ परेका कलवार, मृतक सोनारका साथी थिए । सोनारको घरमा नको आउजाउ राम्रैसंग थियो । असोज २७ गतेपनि मुसहर्वाको मेला हेर्न भन्दै सोनार र कलवार सोनारकै मोटरसाइकलमा घरबाट निस्किएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर