spot_img

बाराको फेटा गापामा निःशुल्क स्वास्थ्य शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ माघ । वीरगंज आँखा तथा दाँत अस्पताल तथा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा शनिवार फेटा गाउँपालिका वार्ड–३ को स्वास्थ चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फेटा गाउँपालिकाको सहजीकरणमा भएको शिविरमा २३७ जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमा ७३ जनामा मोतियाबिन्दु भेटिएको र उनीहरुको वीरगंज आँखा तथा दाँत अस्पतालमा निःशुल्क सल्यक्रिया गरिने तथा अस्पतालसम्म जानलाई निःशुल्क यातायातको व्यवस्था भएको अस्पतालको व्यवस्थापक आसीफ अलिले जानकारी दिनुभयो । शिविरमा आवश्यक परेको बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष, अस्पतालकाा मेडिकल डाइरेक्टर डा चन्दन बनर्जी, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्टलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

अस्पतालका कबाड सामान गुपचुप बिक्री

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् । अस्पताल...

सम्बन्धित खबर