spot_img

पर्सामा एचपीभी खोप अभियान शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा पर्सा जिल्लामा मंगलवारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियान शुरू भएको छ । अभियानको औपचारिक शुभारम्भ वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अभियान शुरु गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यकिट प्रदान गर्दै अभियानको शुभारम्भ गरे । सभापति सोनारले लक्षित उमेर समूहका छात्राहरूका लागि एचपीभी खोप प्राप्त गर्नु ठूलो सौभाग्यको कुरा रहेको बताए । उनले अघिल्लो पुस्ताले नपाएको यो खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सबै बालिकाहरूलाई खोप लिन आग्रह गरे । अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउँदै सभापति सोनारले पर्साका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यो खोप अभियान महत्वपूर्ण हुने उल्लेख गरे । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउँन अभिभावकहरूलाई समेत आग्रह गरे । स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्साका १४ वटै स्थानीय तहका करिब ३८ हजार ५५७ किशोरीलाई एचपिभी खोप दिने लक्ष्य राखिएको छ । पहिलो चरणमा माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म चल्नेछ । स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्न तयारी गरिसकेका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रका अधिकारीहरू, विद्यालयका शिक्षकहरू, अभिभावक र समुदायलाई अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर