spot_img

सुनकाण्डमा पक्राउ परेका सर्राफ क्रिप्टोकरेन्सी कारोबारमा संलग्न

पढ्न छुटाउनुभयो ?

काठमाडौं २५ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एकजना अधिकृतले बताएका छन् ।
चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि सर्राफलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोवार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेलमार्पmत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो ।
खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सर्राफविरूद्ध सुन तस्करीसँगै क्रिप्टो कारोवारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेवारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डीमार्पmत हुने गरेको खुलेको थियो।
पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि अनुसन्धानको सम्पूर्ण जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर